डुडुवामा साक्षरता घरधुरी सर्भेक्षण अभियान शुरु


बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले साक्षरता अभियानलाई सफल बनाउन घरधुरी सर्भेक्षण अभियान शुरु गरेको छ ।
गाउँपालिकाले बालबिकास केन्द्रका शिक्षिका र महिला स्वास्थ्य स्वयम्सेविका लगायत १३० जना स्वयम्सेवक परिचालन गरी संक्षिप्त घरधुरी तथ्यांक संकलनको कार्य शुरु गरेको छ । दुई जनाका दरले ६५ वटा समूहमार्फत तथ्याक संकलनको थालिएको हो ।
नेपाल सरकारले यो आर्थिक वर्ष २०७५।०७६ भित्र देशका सम्पूर्ण जिल्ला साक्षरता घोषणा गर्ने अभियान अन्र्तगत तथ्याक संकलनको कार्य शुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तथ्याक संकलनकर्ताहरुलाई स्टेशनरीसहितको सामाग्री हस्तान्तरण गर्दै गाउँपालिकाका सम्पुर्ण नागरिकहरुको साक्षरताको अवस्था लिन आग्रह गनुर््भयो ।
उहाँले यो सर्भेपछि आएको तथ्यांकका आधारमा साक्षरता अभियान संचालन गरिने बताउनुभयो । गाउँपालिकाको वडा नं. १ देखि ६ वटै वडामा १५ दिनभित्र घरधुरी सर्भेक्षण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानौ लगायत जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारले यो आर्थिक वर्षभित्र देशका सम्पुर्ण जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत हाल देशका ७७ वटा जिल्लामध्ये बाँके र कपिलबस्तु गरी दुई वटा जिल्ला मात्र साक्षरता घोषणा हुन बाँकी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *