आज १४ फेब्रुअरी ‘भ्यालेन्टाइन डे’

बाँके । आज १४ फेब्रुअरीका दिन सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई ‘विल यु वि माई भ्यालेन्टाइन’ वाक्यबाट सम्बोधन गर्ने गर्छन् । प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।
‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्रयोग गरिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षौंसम्म सकिंदैन, तर एउटा पूर्ण फक्रिनसकेको गुलाबको फूलले त्यो भावनालाई प्रतिबिम्बित गर्न पर्याप्त हुन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् ।
भ्यालेन्टाइन डेको सुरुआत ईस्वी सम्वत् २६९ मा भएकोे मानिन्छ । एक सम्राटले सैनिकहरू नारीसँगको सम्बन्धका कारण कमजोर हुने भन्दै प्रेम र बिबाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे । आफ्नै अभियान विरूद्धको गतिविधि सैह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए ।
झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *