प्रेस नागरिकप्रति जिम्मेवार बन्नुपर्यो, सरकारप्रति बन्नुपर्दैनः मन्त्री बास्कोटा


बाँके । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले लोकतन्त्रको राजमार्गमा अरु विकल्प हुनै नसक्ने वताउनु भएको छ । सरकारले प्रेसलाई अंकुस लगाउन नखोजेको भन्दै उहाँले भन्नु भयो, ‘हामीले प्रेस मर्यादित बनिदिनुप¥यो भनेका छौं, तर अंकुस लगाउन खोजेका छैनौं, नेपाली प्रेस नागरिकप्रति जिम्मेवार बन्नुप¥यो, बरु सरकारप्रति बन्नुपर्दैन ।’
नेपालगञ्जमा प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा बोल्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले सरकार बनेको एकवर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी संघीयता व्यवहारिक रुपमा कार्यान्वयन भएको बताउनु्भयो ।
मन्त्री बास्कोटाले भन्नु भयो, हामीले सरकार गठनकै बेला भनेको थियौ संघीयता कार्यान्वयनका लागि कानुन चाहिन्छ त्यसका लागि हामीले कानुन बनाउदै छौ ३४ वटा अति महत्वपूर्ण मौलिक हकसँग सम्बन्धित कानुन बनाइसकेका छौं जुन आमनागरिक लागि अति महत्व राख्छ ।
यस अवधिमा संघीयता कार्यान्वयनको लागि १०९ वटा कानून संशोधन गरेको र ५५ वटा कानून विधयेकको रुपमा संसदमा पेश भएको उहाँले जानकारी दिनुभयो । ‘सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ, अन्तर्राष्ट्रिय सम्वन्ध सुधार भएको छ, पारवहन संधी, रेल र पानी जहाज कम्पनी खुल्दैछ ।’–मन्त्री बास्कोटाले भन्नुभयो–‘छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्वन्ध विस्तार भएको छ, अव छिट्टै लगानी सम्मेलन गरिनेछ ।’
विश्वका कुनै पनि देश एकै पटक बनेका छैनन् । पहिला सपना चाहिन्छ, अनि त्यसलाई कार्यरुपमा दिनु पर्दछ, यो सरकार थिति, नीति, विधि र प्रक्रियागत रुपमा काम गर्दछ । कसैले आरोप लगाउदैमा सत्यता हुँदैन त्यसका लागि सत्यमा पुग्न आवश्यक छ ।
यो वर्ष सरकारले अगाडि सारेको सामाजिक सुरक्षा योजना अत्यन्तै सफल कार्य भएको उल्लेख गर्दै उहाँले मुलुकका ६ सय बढि रोजगारदाता समाहित भएको बताउनुभयो । ‘मुलुकभर सडक विस्तार, विमानस्थल निर्माण तथा विस्तार भएका छन्, अव विद्युतीय वस पनि सञ्चालन हुने छ ।’– मन्त्री बास्कोटाले भन्नुभयो । ‘अहिले निराशा फैलाउने बेला होईन, लोकतन्त्रको कुनै विकल्प छैन, हामीले स्रोत, साधन र क्षमताको सम्पूर्ण प्रयोग गरिरहेका छौँ ।’–मन्त्री बास्कोटाले भन्नुभयो–‘ढिला हुनसक्छ तर राम्रा काम भईरहेका छन्, हामीले उधारा योजना बाँडेका छैनौँ ।’
मन्त्री बास्कोटा सामुदायीक रेडियोहरुको छाता संगठन सामुदायीक रेडियो प्रसारक संघको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बुधबार देखि हुने साधारणसभामा जानका लागि आज नेपालगन्ज आउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *