मेयर कप फुटबलको सेमिफाइनल बुधबार हुने


बाँके । मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा जिभिएन, आदर्श मावि नेपालगञ्ज, जनज्योती र एबीसी स्कूल पुगेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा सञ्चालन गरिरहेको मेयर कपको मंगलबार भएको पहिलो खेलमा जिभिएनले मोडेललाई ट्राइबेकरमा ५–३ गोलले पाखा लगायो । निर्धारित समयमा एक÷एक गोल भएको थियो । जिभिएनका गणेश केसीले १७ मिनेटमा टीमलाई अग्रता दिलाएका थिए । मध्यान्तरको लगत्तै ३४ औं मिनेटमा प्रवेश वलीले गोल गरेर मोडेललाई खेलमा फर्काएका थिए । त्यसपछि भने दुवै पक्षबाट गोल हुन सकेन ।
ट्राइबेकरमा जिभिएनका पाँचै जना खेलाडीले गोल गर्दा मोडेलका किस्मत सुनारले हानेको बल बीममा लागेर बाहिरिएसँगै टोली पनि मेयरकपबाट बाहिरियो ।
दोस्रो खेलमा जनज्योती पब्लिकले ज्ञानज्योतीलाई ३–२ गोलले पराजित ग¥यो । जनज्योतीका तर्फबाट सरोज चौधरी, धनबहादुर जिसी र किशोर जिएमले गोल गरेका थिए । ज्ञानज्योतीका तर्फबाट निरक खनाल र सुन्दर शर्माले गोल गरे ।
एबीसी रेसिडेन्टल पनि एकतर्फी जित निकाल्दै सेमिफाइनलमा पुग्यो । उसले बाँके शिक्षालाई ४–० गोल अन्तरले हरायो । एबीसीका खेमबहादुर थापा र अमित शाहीले दुई÷दुई गोल गरेका थिए ।
क्वाटर फाइनलको अर्को खेलमा आदर्श मावि नेपालगञ्जले बाल विद्यामन्दिरलाई ९–४ गोल अन्तरले पराजित ग¥यो । गोलको वर्षा नै भएको खेलमा आदर्शका तर्फबाट रोशन बुढामगरले चार गोल गरेका थिए । विकास नेपाली र साहस दर्लामीले दुई÷दुई र नविन थापाले एक गोल गरे । बाल विद्यामन्दिरका तर्फबाट सुदीप मल्ल, गणेशनाथ योगी, नवनन्द आचार्य र दिपक कार्कीले एक÷एक गोल गरेका थिए ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार, बुधबार नै सेमिफाइनल खेलहरु हुनेछन् । सेमिफाइनलमा जेभिएन र आदर्श तथा जनज्योती र एबीसी स्कूलको बीचमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *