आज राती चन्द्रग्रहण लाग्ने

बाँके । आज राती चन्द्रग्रहण लाग्ने छ । यसलाई सुपर ब्लड वुल्फ मून पनि भनिएको छ । २० देखि २१ जनवरीको बीचमा लाग्ने यो ग्रहण तीन चरणमा देखिनेछ । यस समय पूरै चन्द्रमा रातो देखिनेछ । चन्द्रमामा लाग्ने यो पूरै प्रक्रियालाई नासाले सबैभन्दा चमकदार दृश्य भनेको छ ।
ग्रहणका वेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुनेछ, यसरी नजिक हुँदा आकार ठूलो देखिने भएकाले यसलाई सुपरमून पनि भनिएको होे । यो ग्रहण मध्य प्रशान्त महासागर, उत्तरी र दक्षिणी अमेरिका, यूरोप तथा अफ्रिकाबाट देखिनेछ । भारत तथा नेपालबाट भने यसलाई देख्न सकिने छैन ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सुपरमून अन्य दिनको तुलनामा आज पृथ्वीको सबैभन्दा नजिक रहनेछ । पृथ्वीबाट यसको दूरी करिब ३ लाख ६३ हजार किलोमिटर हुनेछ । जब कि चन्द्रमा पृथ्वीबाट सबैभन्दा टाढा हुँदा चन्द्रमा र पृथ्वीबीचको दूरी ४ लाख ५ हजार किमी हुनेगर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *