जानकी गाउँपालिकाको प्रमुख प्राथमिकता सडक निर्माणः सुनार


बाँके । जानकी गाउँपालिकाले यस आर्थिक वर्षमा सडक निर्माण र ढल निर्माण नै प्रमुख प्राथमिकतामा पारेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारका अनुसार गाउँपालिकाका पुराना वस्तीहरु मध्यम तथा मुख्य सडक सम्म नजोडिएकोले सडक निर्माण प्रमुख प्राथमिकतामा परेको वताएका छन् । सुनारका अनुसार ‘हाम्रो प्रमुख प्राथमिकतामा सडक पार्नु हाम्रो बाध्यता हो, गाउँपालिका जोड्ने सडक छैन, यतिमात्रै हैन हाम्रो गाउँपालिकामा ठूला उद्योग पनि छन उनीहरुको आवागमनका लागि पनि सडक नै बढी प्राथमिकता छ ।’ जानकी गाउँपालिकाको सहयोगमा रेडियो हातेमालोले प्रसारण गर्ने रेडियो कार्यक्रम मेरो जानकी, मेरा कुरासँगको अन्तर्वातामा सो जानकारी दिएका हुन ।
जानकी गाउँपालिका नेपालगन्ज उपमहानगरपालिकासँगै जोडिएको छ । पूर्वाधार विकासका क्षेत्रमा यो अति नै पछाडी पारिएको स्थान हो । यस गाउँपालिकामा धेरै वर्ष पहिलेका वस्तीहरु छन । ति वस्तीबीच आफसमा जोड्ने सडक पनि छैन । आवागमनका लागि खेतका आलिहरु समेत प्रयोगलाई अन्त्य गर्ने र सडक निर्माण पश्चात आगमी वर्ष कृषि तथा पशुपालन गाउँपालिकाको प्रमुख प्राथमिक हुने सुनारको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत सुनारका अनुसार ‘हामी एक पटक सडक निर्माण गरेपछि हाल निर्वाचित जनप्रतिनिधिको कार्यकालभर फेरी लगानी नगर्नु पर्ने गरी पक्का संरचना बनाउदै छौं ।’
जानकी गाउँपालिका वडा नं. ३ लगायत कतिपय वडामै अहिले सम्म कक्षा ८ भन्दा माथिको अध्ययन गर्ने विद्यालय र मदरसा समेत छैनन् । भौतिक पूर्वाधार विकास मात्रै है शिक्षा क्षेत्रमा पनि यो गाउँपालिका धेरै पछाडी रहेको छ । ‘हामीले यस वर्ष बजेट तथा कार्यक्रममा प्राथमिकता दिएका स्थानमा कर्मागत बाहेकमा अर्को पुनः लगानी गर्ने छौनौ, वडापालिकाको माग अनुसारकै बजेट विनियोजित गरेका छौं ।’
गाउँपालिकामा अवसर र चुनौति बराबर रहेको छ । यस क्षेत्रमा स्थापना भएका ठूला साना धेरै उद्योग रहेका छन् । उनीहरुका लागि बाटो प्रमुख प्राथमिकता थियो त्यो गाउँपालिकाले निर्माण कार्य सुचारु गरेको छ । उद्योगी व्यवसायहरुसँग विभिन्न चरणमा छलफल भएको छ उहाँहरुले पनि सामाजिक उत्तरदायित्वका आधारमा गाउँपालिकाका एजेण्डामा सहयोग गर्नु हुन्छ भन्न विश्वास रहेको प्रमुख प्रशासकीय अधिकृत सुनारको भनाई छ ।

रेडियो कार्यक्रममा व्यक्त विचारको अंश हो । पुरा अन्तर्वाता रेडियो हातेमालोमा सुन्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *