वडापालिकाको काममा वडा नं. ९का बासिन्दाको सहभागिता छः अध्यक्ष लामा


बाँके । नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर लामाका अनुसार जनताका चहाना र आवश्यकता पुरा गराउन नसके पनि जनअनुमोदित हुने गरी काम गरिहेको दावी गर्दछन । सो कुरा अध्यक्ष लामाले रेडियो हातेमालोको मेरो वडा मै बनाउ छु कार्यक्रममा व्यक्त गरेका हुन ।
वडाको विकास गर्नका लागि वडास्तरीय टोल विकास संस्थाको सहभागिता, सक्रियता र सहयोगमा योजना छनौट, योजनाको कार्यान्वयन र कामको मुल्याङ्कन समेत जनताको सहभागिता हुने गरेका छन । वडा नं. ९ले यस वर्ष बाटोको मर्मत, नाली निर्माण तथा बाटो पीसिसी नै प्रमुख प्राथमिकताका विषयमा पारेर काम गरेको छ ।


यस वडामा अल्पसंख्यक जाति तथा गरिब, विपन्न परिवारको पनि बसोबास रहेको छ । उनीहरुको आय आर्जन, सीप विकासमा पनि वडाले प्राथमिकता दिएको वडा अध्यक्ष लामा वताउछन । यस वर्ष वडाले लक्षित वर्गका लागि सीप विकास र आयआर्जनमा प्राथमिकता दिन भएको छ । अध्यक्ष लामाका अनुसार अब चेतनामूलक हैन नागरिकलाई आयआर्जन चाहिएको छ, व्यवसाय गर्ने सीपको खाँचो छ त्यसैले वडाले यीनै विषयमा स्रोत परिचालन गर्ने छ ।
यस वडाको आवश्यकता अनुसार स्रोतको अभावमा जनआवश्यकता अनुसारको काम गर्न नसकिएका भए पनि बजेट तथा कार्यक्रम पारदर्शि रुपमा सबै वडाबासीको सहभागितामा हुने भएकोले वडाबासी वडापालिकाको काम गर्ने तौरतरीकाम सन्तुष्टि रहेको अध्यक्ष लामाको दावी रहेको छ ।
वडाको पदाधिकारीको कार्यकाल अवधिमा वडाका बाटो लगाएका पूर्वाधारका निर्माणका धेरै समस्या समाधान गर्न सकिने र वडाका गरिब, विपन्न तथा लक्षित वर्गलाई साना तथा घरायसी उद्योग व्यवसायमा सहयोग गर्ने सकिने वताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *