अवधी भाषामा विपद्को पाठ्यक्रम तयार


बाँके । डुडुवा गाउँपालिका अन्र्तगतका विद्यालयहरुमा स्थानीय अवधी भाषामा विपत सम्वन्धी पाठ्यक्रम लागु हुने भएको छ । विद्यालयमा विपत जोखिम न्युनीकरणका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको हो ।

सेभ द चिल्डेनको सहयोगमा बाँके युनेस्को क्लब र डुडुवा गाउँपालिकाको सयुक्त पहलमा पाठयक्रम निमार्ण गरिएको छ । नेपाली भाषामा राम इकबाल मण्डल, बद्रेआलम खा, गोपीचन्द्र बर्मा र मोहम्मद हुसेन खाको समुहले तयार पारेको पाठ्यक्रमलाई स्थानीय अवधी भाषामा उपलब्धीमुलक बनाउनका लागि राकेश कुमार मिश्रले अनुबाद गर्नुभएको छ ।
विपत अन्र्तगत बाढी, आगलागी, सर्पदंश, भुकम्प, शितलहर, गर्मी, हुरी बतास, सवारी दुर्घटनाका विषयमा आठ वटा पाठ निमार्ण गरि अनुबाद गरिएको छ । सो विषयका पाठ शिर्षकलाई विद्यालयका कक्षा एक देखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई अध्ययपन गराइने छ ।
अवधी समुदायका बालबालिकाहरुका लागि मातृ भाषामा अध्यायपन गराउदा छिटो, सहज र सरल रुपमा बुझनका लागि सो पाठ्यक्रम तयार पारिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो । गाउँपालिकामा शिक्षाको अवस्था निकै दयनिय रहेकाले अवधी भाषी समुदायको बाहुल्यतामा यो पाठ्यक्रमले सहयोग गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिका अन्र्तगत १७ वटा सामुदायिक बिद्यालय र १५ वटा मदरसामा सो पाठ्यक्रम लागु गरिने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक दिपेन्द्र चौधरीले बताउनुभयो ।
नेपालको शिक्षा क्षेत्रमा विपत जोखिम न्युनीकरण तथा बिद्यालय सुरक्षा प्रबद्र्धन र सुदृढीकरण परियोजना अन्र्तगत बिद्यालयमा विपत जोखिम न्युनीकरणका लागि आज स्थानीय पाठयक्रम प्रशिक्षण तालिमको आयोजना गरियो ।
विद्यालयमा पठनपाठनका लागि सो बिद्यालयका शिक्षकहरुलाई आज अभिमुखीकरण गरिएको छ । शिक्षकहरुलाई सम्वन्धीत विषयबस्तुमा रही पठन शैलीका बारेमा तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइ बाँकेका प्रमुख गोर्खबहादुर थापाले स्थानीय अवधी भाषाको पाठ्यक्रमले विद्यालयमा बालबालिकाहरुको नियमितता बढने भन्दै सिकाई उपलब्धी हुने बताउनुभयो ।
उहाँले स्थानीय परिबेशलाई प्राथमिकता दिई विपत अवस्थामा पुर्ब तयारीका लागि ज्ञान सिपमा बृद्धि हुने बताउनुभयो । तालिममा शैक्षिक तालिम केन्द्र बाँकेका प्रमुख माधव शर्माले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *