नेपाली कांग्रेसकोे केन्द्रीय समितिको संख्या ठूलो हुने भएको छ

बाँके । नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ । तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिएका छन ।

पहिले सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन् भने ४० प्रतिशत आरक्षणबाट आउनेछन् । महिलालाई ३३ प्रतिशत आरक्षण र अरुलाई जनसंख्याका आधारमा आरक्षण कायम गर्न नेताहरु सहमति नजिक पुगेका छन् । तर, पदाधिकारीको निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । एक नेताका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२÷२ राख्ने सहमति भएको छ ।

सभापति शेरबहादुर देउवा पक्षले एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित हुनुपर्ने अडान राखेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै मनोनित हुनुपर्ने अडान लिएका छन् । एक नेताका अनुसार निर्वाचन पद्धतीमा सहमति जुट्न नसकेपछि २÷२ उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वा्चित र एकएक मनोनित गर्ने विकल्प पनि छलफलमा आएको छ ।

यस पछि पदाधिकारी संख्या ११ जना पुग्नेछ । पदाधिकारीको निर्वाचन पद्धतिलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक साँझ ७ बजेका लागि फेरि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *