जन्ती बोकेको स्कर्पियो बससँग ठोक्कीदा बाँकेका ६ जनाको मृत्यु


बाँके । दाङमा जन्ती बोकेको स्कोर्पियो र बस एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत लमही नगरपालिका–९ रिहारस्थित प्रहरी चौकीनजिकै महेन्द्रनगरदेखि काठमाडौतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र चितवनबाटदेखि बाँकेको शम्शेरगन्ञतर्फ आउँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप ठोक्किँदा ६ जनाको मृत्यु भएको दाङका प्रहरी नायब निरीक्षक पुरन मल्लले जानकारी दिए।

मृत्यु हुुनेमा राप्ती सोनारी गाउँपालिका-८ का विश्वनाथ अधिकारी, प्रविण केसी, मानबहादुर केसी, बिमला केसी, दीपक खड्का र कोहपुर नगरपालिका १२ का तप्तबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, घाइते हुनेमा राप्ती सोनारी गाउँपालिका-८ की गीतादेवि खत्री र चालक यामबहादुर बुढा रहेका छन्। विवाहका लागि चितवनबाट बेहुली लिएर बाँकेको शम्सेरगञ्ज राप्ती सोनारी गाँउपालिकातर्फ जाँदै गरेका उनीहरु बेहुलाका बाबुआमा पनि रहेको प्रहरीले जनाएको छ। बेहुला र बेहुली भने अर्कै गाडीमा रहेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *