पत्रकार महिलालाई मुलुकी अपराध ऐनका विषयमा अनुशिक्षण

बाँके । नेपालगन्जका विभिन्न मिडियामा क्रियाशिल पत्रकार महिलालाई मुलुकी अपराध ऐन २०७४ का अन्तरवस्तुका र महिला हिंसा विरुद्धको अभियानको बारेमा पत्रकारलाई आइतबार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महिला हिंसा विरुद्धको १६ दिन अभियानको अवसरका सो कार्यक्रम आयोजना गरिएको हो । भदौ १ गतेबाट लागु भएको नयाँ कानुन (मुलकी अपराध ऐन २०७४ गरीएका व्यवस्था जस्तै करणी सम्बन्धी कसुर,बैबाहिक, बलात्कार, हाडानाताकरणी, यौन दुव्र्यवहार, जवरजस्तीकरणीको उद्योग, भेदभाव तथा अपमानजनक व्यवहार, भेदभाव विरुद्धको व्यवस्था, विवाह सम्बन्धी कसुर, वहुविवाह विरुद्धको व्यवस्था, सजाय लगायतका विषयमा अनुशिक्षण दिइएको थियो । १६दिने महिला हिंसा विरुद्धको इतिहास, ३दिदी वहिनीले गरेको अभियान, सेतो रिवन अभियान, सेतो रीवन लगाउनुको उदेश्य, घरेलु हिंसाका प्रकार, कारण, स्थिति र बारेमा अनुशिक्षण गराईएको थियो ।
सीविन नेपालको आयोजनामा संचालित हिंसा न्यूनीकरणमा पत्रकार महिलाको भुमिका विषयक अन्र्त्क्रिया कार्यक्रममा महिला पत्रकारको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ठक्ुरसिंह थारुले पीडित महिलाले पत्रकार महिलासँग आफ्ना गोप्य कुरा खुलेर भन्ने तर पुरुष पत्रकारसँग संवेदनशील कुरा लुकाउने गरेको बताउदै पत्रकार महिलाको महत्व बढि रहेको बताए । अनुशिक्षण कार्यक्रमको सहजीकरण पत्रकार अक्षरी पोखरेले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *