दुई वटा फार्मेसीमा आगलागी, ६० लाख भन्दा बढिको क्षति


बाँके । नेपालगन्ज मेडिकल कलेजको गेट छेउमै रहेका २ वटा फार्मेसीमा गएराति आगलागी हुदा ६० लाख भन्दा बढिको क्षति भएको छ । नेपालगन्ज मेडिकल कलेज अगाडि रहेका माया मेडिकल हल र सफा मेडिकल हलमा गएराति १० वजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि अरुण पौडेलले जानकारी दिए। यी २ मेडिकल संगै जोडिएका अन्य २ मेडिकलमा पनि क्षति पुगेको उनले बताए।

आगलागीबाट भएको क्षतिबारे एकिन जानकारी नआइसकेको बताउदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणवहादुर विष्टले माया मेडिकल हलको करीव २५ लाख र सफा मेडिकल हलको करीव ३५ लाख बराबरको सामान जलेर नष्ट भएको जानकारी दिए । तर प्रत्यक्षदर्सीले १ करोड बराबरको क्षति भएको हुनसक्ने बताएका छन् ।

राति १० बजे आगलागी भएलगत्तै दमकल बोलाएर जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले २ घण्टाभित्र आगो नियन्त्रणमा लिएको जनाएको छ । विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *