रानी तलाउ : पर्यटक बढ्दै


बाँके । नेपालगञ्जको रानीतलाउमा जलविहार गर्न आउने आन्तरिक पर्यटक बढ्दै जान थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिका ८ स्थित रानी तलाउको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले घुम्न पर्यटक बढदै गएका हुन ।
प्रत्येक दिन तीन सय भन्दा बढीले रानीतलाउ घुम्ने गरे पनि विदाको दिन भने भ्याई नभ्याई हुने गरेको रानीतलाउ सञ्चालनार्थ वडा कार्यालयबाट जिम्मेवारी पाएका कर्मचारी ऋषि मिश्राले बताए ।

अहिले रानी तलाउमा विद्यालयले समेत विद्यार्थीलाई मनोरञ्जन दिनका लागि लग्ने गरेका छन् । आज नेपालगन्जमा रहेको जेय बागेश्वरी बोर्डिङ्ग स्कुलले आफ्ना कक्षा एक र दुईका विद्यार्थीलाई रानी तलाउनमा मनारञ्जन दिनका लागि लगेको थियो ।

साथै विद्यार्थीले स्कुल भन्दा बाहिरी शिक्षा दिनका लागि रानी तलाउनमा लगेको स्कुलले बताएको छ ।

रानी तलाउमा विदाका दिनमा बच्चा बच्चाीसहित सपरिवार घुम्न आउने भएकोले धेरै घुईचो हुने गरेको मिश्राको भनाई छ । रानीतलाउ प्रवेश शुल्क पाँच रुपैया लिने गरिएको छ भने जलविहारको लागि एक फन्को लगाएको रु. २५ रुपैया शुल्क लिने गरिएको छ । हाल चार वटा डुंगामार्फत जलविहार गर्ने गरिएको छ । विदाको दिनमा चारवटा डुंगाले सेवा दिन नपुग्ने मिश्राले बताउनु भयो । ८ नं. वडा कार्यालयले रानीतलाउ सञ्चालन गर्दै आएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको २२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनःनिर्माण गरिएको हो ।
रानीतलाउको चारैतिर पर्खाल निर्माण गरि जीर्ण बनेका भौतिक संरचना पुन निर्माण गरि रङरोगन गरिएको छ । बालबालिकाका लागि उद्यान, कटेज, बटुवा बस्नका लागि कुर्ची, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *