नेपाल शिक्षक महासंघद्धारा बुटवलमा विरोध प्रदर्शन


बुटवल । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा शुक्रबार विरोध प्रदर्शन सहित सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ । शिक्षक महासंघले विभिन्न २६ सुत्रीय माग राख्दै पटक(पटक सरकारको ध्यानर्कषण गराए पनि मागहरु पुरा नभएको भन्दै पाँच नम्बरको सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन ।

महासंघले स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेकाले आन्दोलन गरेको शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले बताए । माग सम्बोधनका लागि सरकारलाइ दबाब दिन बिरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिएको उनको भनाइ छ ।

तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायी बनाउने प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गर्न प्रक्रिया अघि बढाउनुपर्ने उनीहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *