आज गरुनानक देव जीको जन्म जयन्ती


बाँके । गरुनानक देव जीको ५ सय ५० औं जन्म जयन्ती आज शिख समुदायले भव्य रुपले मनाउदै छन् । आफ्ना पर्वतकको जन्म दिनको अवसरपारी हिजै देखि नेपालगन्जको गरुद्वारालाई झकिझकाउ वनाइएको छ । शिख समुदायका आस्था, विश्वासका प्रतिक नानकको जन्म दिनलाई बाँके जिल्लामा भव्य रुपमा मनाईने गरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सिंह वताए । जयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय भएको सिंहले जानकारी दिए । विहिबार हिजो देखि नै नेपालगन्जको गरुद्वारामा शिख धर्मग्रन्थको अखण्ड पाठ सुरु भई भोली शनिबार समापन गर्दै भण्डारा (लंगर प्रसाद वितरण) गरिने सिंहले वताए ।
शिख समुदाय नेपालमा अति अल्पसंख्यक भए पनि बाँके जिल्लामा बाक्लो वस्ती सिख्खनपुरवा, जमुनाहा, बनकटवा र नेपालगन्जमा गरी चार ठाँउमा रहेको छ । करिव ३ हजार सिख समुदायको जनसंख्या रहेको हिरमिनियाको सिख्खनपुरवामा रहेको शिख समुदायका अगुवा उत्तमसिंह सोडीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *