लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा


बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका हुन ।

लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र ‘हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने छैन, पञ्चशील क्षेत्र घोषणा गर्दै मन्त्री अधिकारीले भने, “बुद्धभूमि शान्त र सुन्दर छ, भनेर विश्वमाझ सन्देश दिन यो क्षेत्रमा पञ्चशीलको पालना जरुरी छ ।”

मन्त्री अधिकारीले कार्यक्रम घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै व्यवहारिक कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । लुम्बिनी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताउँदै उनले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *