समृद्ध खजुरा विमोचन


बाँक । खजुरागाउँपालिकाद्वारा प्रकाशित समृद्ध खजुरा बुलेटिनको सोमबार एक कार्यक्रमबीच विमोचन गरिएको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुख एकमाया विकले संयुक्तरुपमा बुलेटिनको विमोचन गरेका हुन ।

खजुराको समृद्धि र विकासमा टेवा पु¥याउने उद्देश्यले खजुरा गाउँपालिकाले संचालन गरेका गतिविधिका साथै फिचर लेखन शैलीबाट विविधि क्षेत्रलाई समेटेर बुलेटिन अर्धवार्षिक रुपमा प्रकाशित गरिएको हो ।

यसैबीच, खजुरा गाउँपालिका गाउँ कार्यपालिकाको सोमबार (आज) बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५,६,७ र ८ लाई लक्षित गरी प्राविधिक शिक्षालय स्थापना गर्ने, उक्त कार्यका लागि गाउँपालिकाले विनियोजन गरेको १० लाख र वडाहरुमा सवारी साधन खरिद गर्न छुट्याइएको ३० लाख रुपैयाँ सवारी साधन खरिद नगरेर शिक्षालय निर्माणमा खर्चिने निर्णय गरेको छ ।

प्राविधिक शिक्षालय वडा नं. ५ मा रहने निर्णय गरिएको छ । त्यस्तै शीत भण्डारका लागि प्रदेशले छुट्याएको ५ करोड र थप ५ करोडको लागि पहल गर्ने गरी वडा नं. ५ मै शीतभण्डारको काम अगाडि बढाइने, छाडा चौपाया नियन्त्रणका लागि कार्यविधि बनाएर पेश गर्ने, तराई मधेश समृद्धि योजना तयार गर्ने, प्रदेश तथा केन्द्रबाट संचालित कार्यक्रमका लागि योजना बनाउने, सडक बोर्डबाट विनियोजित रकमको कार्यक्रम बनाउने र २ वटा नमूना मावि जनता र ज्ञनोदयको गुरुयोजना स्वीकृत लगायतका निर्णय गरिएको अध्यक्ष कक्षपतिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *