जीप दुर्घटनामा परी २ जनाको मृत्यु १५ जना घाइते


बाँके । डडेल्धुराको भागेश्वर गाउँपालिका ४ कुरङायलमा शनिबार बिहान जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका २ का २७ वर्षीय धर्म्सिंह मडौ र सोही गाउँपालिका ३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

घाइते हुनेहरुमा भागेश्वर गाउँपालिका ३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नबिन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, बैतडीको मेलौली ८ बस्ने १८ वर्षीया गौरी बिष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशब मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मीला अवस्थी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *