
निर्वाचन भए पछि आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रदेशसभा सदस्य बाँके निर्वाचन क्षेत्र नम्बर ३ खबाट निर्वाचित बाबुराम गौतमले गरेको कामका बारेमा रेडियो हातेमालो एफ.एमको कार्यक्रम संबाद डवलीमा गरिएको कुराकानिको केहि संपादित अंश ।
जनतासामु निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पूरा हुने चरण कता पुग्यो?
प्रदेशसभाको निर्वाचन भएको एक वर्ष हुन लागेको छ । २०७४ मंसिर २१ गते बाँकेमा दोस्रो चरणमा निर्वाचन भएको थियो । यो एक वर्षको समयमा निर्वाचन क्षेत्रमा कायापलटनै भएको छ भन्ने त छैन तर सुरुवात गरेका छौँ । हाम्रो काम सुरु भएको नयाँ बजेट आए पछि मात्र हो । नयाँ बजेट आएको कतिनै भएको छ र । अब देखिने गरि काम तिहार पछि हुन्छ । हामिले यो समयमा बजेट विनियोजन गरिसकेका छौँ ।
तपाइको निर्वाचन क्षेत्रमा के निर्माण गर्न प्रदेशबाट कति बजेट विनियोजन भएको छ ?
मेरो निर्वाचन क्षेत्र बाँके ३ खमा विभिन्न विकास निर्माणका लागि बजेट परेको छ । जुन केहि मुख्य शिर्षकमा प्रदेशबाट परेको बजेटमा बेलभार परसपुर रोडमा १ करोड ३१ लाख ६ हजार विनियोजन भएको छ । जोगा गाउँको ताल सरसफाइका लागि ५ लाख, जानकी गाउँपालिकाको वडा नम्बर पाँच गुरुवा गाउँमा पर्ने बाबाकुट्टि मन्दिर मर्मत गर्न र तलाउ सफा गर्न १० लाख, वडा नम्बर पाँचको इश्वरी तलाउको पानी प्रयोग गरेर किसानलाई सिचाइ पानी होस भनेर १२ लाख, इन्द्रपुरको कर्मोना गाउँ हुँदै सादतपुरसम्म जाने बाटोमा ४० लाख, बेलभारको बनकटुवा चौकिदेखि साइगाउँ जाने बाटोका लागि ५० लाख त्यस्तै खजुरा गाउँपालिकामा पर्ने पुलचौकदेखि राधापुरसम्म जाने बाटोमा ५० लाख रुपैंया बजेट विनियोजन भएको छ ।
गौघाट परस्पुर सडकको सर्वे गर्न र पूर्वाधार केकति लाग्छ भनेर स्टेमेट गर्न तत्काल ५० लाख रुपैयाँ विनियोजन भएको छ र पछि प्राविधिककोे स्टेमेट अनुसार बजेट उपलब्ध गराउने हाम्रो प्रदेशका मुख्यमन्त्री ज्यू र भौतिक पूर्वाधार मन्त्री ज्यूबाट पूर्णरुपमा सहयोग गर्ने छौँ भन्ने विस्वास्का साथ हामिले यो काम सुरु गर्दै छौँ । त्यस्तै स्कुलका लागि खजुरा गाउँपालिकाको वडा नम्बर २ मा रहेको नयाँ गुरास स्कुलका लागि बजेट छुट्याइएको छ ।
हामिले कृर्षि क्षेत्रको विकासका लागि पनि कार्यक्रमहरु बनाएका छौँ । तरकारी, केरा, लगाएत कृर्षिबाट जनताको जीवन स्तर उकास्नका लागि बजेट विनियोजन गरेका छौँ । त्यस्तै निकै गरिब किसानहरुका लागि प्रदेशसभा सदस्यको सिफारिसमा २० हजारदेखि केहि माथि आर्थिक सहयोग दिने हाम्रो आन्तरिक छलफल भएको छ ।
यो कार्यान्वयन त भएको छैन त ?
कार्यान्वयन नभएको भन्न मिल्दैन तर त्यति छिटो गतिमा मात्र जान नसकेको हो । त्यो किन हो भन्दा प्रदेश भर्खर खडा भएको, प्रदेशका विभिन्न कार्यालय पनि खडा यसै वर्ष भएको हुँदा समयमानै कर्मचारीको व्यवास्थापन हुन नसक्दा त्यति छिटो गतिमा हुन सकेको छैन । हाम्रो केहि कार्यालय खडा भएको र केहि हुन बाँकी रहेको छ । प्रदेशका सबै कार्यालय खडा भयो भने हामिले विनियजन गरेको बजेट छिटो कार्यान्वयन हुने छ । तिहार पछाडि सबै कार्यालयहरु खडा भइसक्ने र त्यस पछि काम धमाधम हुन्छ ।
तपाइले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउने भन्नु भएको छ । नमुना बनाउनका लागि पाँच वर्षको समयावधिमा यति वर्षमा यो काम गरिसक्ने भनेर योजना बनाउनुभएको होला । तर पहिलो वर्षमा त देखिने किसिमको काम केहि भएन त ?
हाम्रो पहिलो वर्षमा काम नभएको होइन । भएको छ । पहिलो वर्षको काम भनेको केहि संरचना नभएको सयमा नयाँ संरचना निर्माण निर्माणमा वितेको छ । त्यस्तै नयाँ ऐन नियमहरु बनाउनु पनि ठूलो चुनौति हो । पहिलो वर्षमा ऐन नियमहरु बनेको छ । साउन देखि नयाँ आर्थिक वर्ष सुरु भएको त्यस पछि प्रदेश पाँचलाइनै कस्तो बनाउने भनेर योजना सहित बजेट विनियोजन भइसकेको छ । हाम्रा मुख्यमन्त्री साह्रै बद्धिमान, साह्रै शिर्जनसिल र यो प्रदेशको विकासको रेखा कोर्ने उत्तम व्यक्ति भएकोले उहाँले प्रदेश पाँचलाई देशकै नमुना प्रदेश बनाउनका लागि अहोरात्र खट्टिनुभएको छ । पहिलो वर्षमा पनि काम भएकैछ ।
यस प्रदेशमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत प्रत्यक निर्वाचन क्षेत्रमा एउटा पिछडिएको गाउँलाई विभिन्न क्षेत्रमा सहयोग गर्न शिक्षा, स्वास्थ्य, रोजगार लागायत क्षेत्रमा सहयोग कार्यक्रम अन्तरगत मेरो निर्वाचन क्षेत्र जानकी गाउँपालिका परेको छ । त्यसका लागि दुईवटाको नामावलि समेत हामिले पठाइसकेका छौँ । त्यसको अन्तिम टुंगो लागेर त्यो कार्यक्रम पनि हाम्रा अरु कार्यक्रमसँग अगाडि बढ्ने छ ।
त्यसैले हामिले काम देखाउने भनेको एक आर्थिक वर्षमा हो यो साउन देखि असारसम्ममा हाम्रो काम देखिन्छ । यसका अलवा हामिले निर्वाचनका समयमा पनि हाम्रो निर्वाचन क्षेत्र ३ खमा रिङ्गरोडको अवधारणा राखेका थियौँ । त्यो अवधारणा अनुसार गाउँपालिकाले सवा २ करोड छुट्याएको छ । त्यसमा हाम्रो संसद कोसबाट हामिले १ करोड थप गरेका छौँ । यो रिङ्गरोड निर्माण गर्न गनापुरदेखि पिचरोड निर्माण गरेर खजुराखर्दसम्म यसै आर्थिक वर्षसम्म ल्याउने हामिले योजना बनाएका छौँ ।
साथै टुक्रे बजेटहरु पनि धेरै छन् । मेरो निर्वाचन क्षेत्र १६ र १७ नम्बर वडामा भित्रि बाटोनिर्माण गर्न सहरी विकास मन्त्रालयलाई मैले अनुरोध गरेको छु ।
तपाईको निर्वाचन क्षेत्रका जनतालाई आत्म निर्भर बनाउनका लागि के योजना बनाउनुभएको छ ?
आत्म निर्भर बनाउन हाम्रो निर्वाचन क्षेत्रमा कृर्षि सम्वन्धि थुपै योजनाहरु रहेको छ । तरकारी खेति, सिंचाई, पशुपालन योजनाहरु बनेका छन् । हाम्रो क्षेत्रमा औद्योगहरु खोल्ने हो । हाम्रै गनापुरमा अहिले पनि २०/२२ वाटा उद्योग रहेको छ । अन्य क्षेत्रमा पनि उद्योग स्थापना गर्ने योजना रहेको छ । स्वरोजगार बनाउन यातायात, बुजिलि हुन आवश्यक छ ।
त्यस पछि सुरक्षा हुन पनि त्यत्तिकै आवश्यक छ । सबै क्षेत्रको क्रमिक विकास गर्दै हाम्रो क्षेत्रका जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रमहरु पनि बनेको छ ।
देश विकासमा लाग्ने युवाहरु बैदेशिक रोजगारमा रहेको छन् । ति युवाहरुलाई रोक्न के कार्यक्रम गर्नुभएको छ ?
यो समस्या हाम्रो निर्वाचन क्षेत्रको मात्र होइन । यो समस्या राष्ट्रकै समस्या हो । युवाहरुलाई देश निर्माणमा लागउन अहिले सकरका लागि परेको छ । स्वदेशमै रोजगार शिर्जना गर्न लागि परेको छ । हामि पनि यहि सरकारका अनुयायी हौँ र केन्द्र सरकार लागे जसरिनै हामि पनि युवाहरुलाई स्वदेशमानै रोजगार दिलाउन विभिन्न कार्यक्रमहरु लिएका छौ । सहुलियत ऋण दिने कार्यक्रम छ । सर्टीफिकेट बाट बैंकले ऋण दिन थालेको छ । कृर्षिमा युवालाई आकर्षण गर्न युवा रोजगार कार्यक्रमहरु पनि भएको छ । युवाका लागिनै अहिले सरकार लागेको छ । हामि पनि यसमा लागि परेका छौँ ।
प्रदेशको स्थायी राजधानि तोक्ने अझै अन्योलमै छ । कहिले तोकिने हो ? जाधानि ।
म राजधानि तोक्ने भन्ने पक्षमा छैन । तर राजधानि कहाँ बनाउने भन्नेमा छु । राजधानि बनाउने भन्ने सबैलाई पाइ पर्ने ठाउँमा हुनु पर्छ । त्यसका लागि दुइतिहाइको बहुमत चाहिन्छ । दुइ तिहाइ पुर्याउन हाम्रो नेतृत्व अहोरात्र लागेको छ । समिति बनाएको छ । समितिले यसको टुंगो लगाउला हामि त्यसै भन्ने अवस्थामा छैनौ । हाम्रो नेतृत्व राजधानि निर्धारण गर्न लागिरहेको छ ।
तपाइले चुनावका समयमा गरेका प्रतिवद्धता के पाँच वर्षमा पूरा हुन्छ ?
हुन्छ । मैले पाँच वर्षमा पूरा गर्ने योजनाहरु मेरो घोषणा पत्रमा ९ वटा राखेको छु । त्यो ९ वटा सबै बुदा पूरा भएरै छाड्छ । म त्यसमा लागि परेको छु । यदि गर्दा गर्दै पनि त्यसमा बाधा अर्चन आए भने मैले सुरु गरेका कामहरु अर्को नयाँ नेतृत्वले पूरा गर्छ ।