आयो तिहार, आज काग तिहार

 

बाँके । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यमपञ्चकको सुरु  भएको छ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन कागको पूजा गरी मीठो मीठो खान दिने चलन छ।

वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ। यमपञ्चक अन्तर्गत भोलि कुकुर तिहार, पर्सी औँसीका दिन लक्ष्मीपूजा, कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हपूजा एव‌ं कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *