[अपडेट] एक आपसमा मोटरसाइक ठोक्कीदा एक जना घाइते

बाँके । बाँकेको चौलिका चौकमा शनिबार बिहान करिब १०ः१५ बजे मोटर साइकल एक आपसमा ठोक्कीदा एक जना घाइते भएका छन् ।

रपैडिहाबाट नेपालगन्ज आउदै गरेको यूपी ४० यक्स ९३४० नम्बरको मोटर साइकल र नेपालगन्जबाट रुपैडिहा जाँदै गरेको भे ७ प ३८५६ नम्बरको मोटर साइकल एक आपसमा ठोक्कीदा भारतीय नम्बर प्लेटका चालक नरेन्द्र कुमार मौर्या घाइते भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

साविकको हिर्मनिया गाविस बस्ने नरेन्द्रसँगै सोहि मोटर साइकलमा पछाडि बसेका सोहि ठाउँका सुरेसकुमार मौर्यालाई पनि सामान्य चोट लागेको छ ।

नरेन्द्रको भने दाइने घुडामा ठूलो चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका असई यज्ञराज पन्तले बताए ।
नेपालीनम्बर प्लेटका चालक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बस्ने उद्धित जैसवाललाई पनि सामान्य चोट लागेको असई पन्तले जानकारी दिए ।

सबैको उपचार नर्सिङ होम नेपालगन्ज भइरहेको छ ।  ट्राफिक नियमको पालना नगर्दा बाईक दुर्घटना भएको पन्तको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *