नाइटो काटेर प्रेमीलाई उपहार !


तपाइलाई अचम्म लाग्ला आफ्नो नाइटो काटेर पे्रमीलाई उपहार दिएको भन्दा । तरमेक्सिकोमा एकजना २३ वर्षकी युवतीले आफ्नो नाइटो काटेर प्रेमीलाई खुसी बनाउन नाइटो उपहार दिएकी छन्।

ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् ।

प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले अनौठो माने ।

तर विडम्बना प्रेमीका लागि नाइटो नै फ्याँक्ने ती युवतीको उनका प्रेमीसँग ब्रेकअप भैसकेको छ ।

मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने ती युवतीको नाम पालिना क्यासिलास लेन्डरोस हो । उनले झण्डै तिन वर्षअघि आफ्नो नाइटो नै काटेकी रहेछिन् । परिवारको विरोधका बाबजुत जिउका धेरै ठाउँमा टाटु खेपेकी तथा जिब्रो छेडेकी उनले प्रेमीका लागि नाइटो काटिन् । उनले ब्यायफ्रेण्डकै अनुरोधमा त्यसो गरेकी थिइन् । तर समय क्रमसँगै उनको प्रेमीसँगको सम्बन्ध बिग्रियो र ब्रेकअप भयो ।

नाइटो फ्याँक्ने अपरेशन निकै खतरनाक थियो । पछि संक्रमण भएर उनको झण्डै ज्यान गएन । अहिले बल्ल उनले आफ्नो गल्तीको महसूस गरेकी छिन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *