पेस्तोलसहित बर्दियामा भारतीय नागरिक पक्राउ


बर्दिया । अवैध घरेलु कटुवा पेस्तोलसहित बर्दियामा एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बहराइच जिल्ला मोतिपुर थाना बस्ने नानपारा ग्राम बलईगाउँ निवासी ३० वर्षीय जेहरुद्दिन जागालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जागाको साथबाट हतियारसहित १ राउण्ड गोली र ओप्पो कम्पनीको एक थान मोबाईल समेत बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओली नेतृत्वको टोलीले बढैयाताल गाउँपालिका ७ स्थित कण्ठपुर चोक नजिकबाट पक्राउ गरेको हो ।

अबैध पेस्तोल साथमा लिएर घुमफिर गरिरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा हतियारसहित पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक ओलीले बताऐ । उहाँका अनुसार पेस्तोल विक्रीको लागि नेपाल ल्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *