विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुग्यो


काठमाडौं । विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ ।

२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो ।

ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ । आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा ल्याइने जनाइएको छ । पोखरामा पोखरा प्रिमियर लिग ९पीपीएल० चलिरहेको छ र भोलि त्यही ट्रफी प्रदर्शन गरिनेछ ।

ट्रफीलाई फेरि काठमाडौं लगेर आइतबार विहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ । देशको पहिचान र ऐतिहासिक स्थान भएको कारण ट्रफीलाई स्वयम्भु, चन्द्रागिरी र बसन्तपुरमा प्रदर्शनमा गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *