ग्रासरुड फुटबल मैदान मिनि फुटबल रंगशाला बन्छ : अध्यक्ष रिजाल


नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा १२ वर्ष मुनिका र ८ वर्ष माथिका बालबालिकालाई फुटबल सिकाउने भन्ने अवधारणाका साथ ग्रास रुड फुटबल मैदान निर्माण गरिएको छ । मैदानको उद्घाटन समेत भइसकेको छ । रेडियो हातेमालोले वडा नं १ का अध्यक्ष प्रमोद रिजालसँग फुटबल मैदानका बारेमा कुराकानी गरेको छ । जुन कुराकानी ‘मेरो वडा मै मनाउछु’मा आधारीत छ ।

ग्रास रुड फुटबल मैदानको योजना कसरि बनाउनुभयो ?
यो विशेष गरेर फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाही लगाएतको टिमले बालबालिकाका लागि फुटबल एकेडेमि बनाउन जमिनको अभाव भएको भन्ने कुरा आएको र उपमहानगरपालिकामा वडा नं १ आफैमा खेलक्षेत्रमा प्रसिद्ध वडा पनि हो । राप्ती क्षेत्रमा सहभागि भइसकेको यस वडामा धम्वोझी क्लव पनि यहाँ रहेको छ । तसर्थ, खेलमैदानको कुरा आइसके पछि हामी काहाँ मन्दिरको नाममा थुप्रै जमिन रहेको अवस्थामा, जमिले उत्पादन पनि नदिएको अवस्थामा र विभिन्न मानिसहरुले जमिको अतिक्रमण गर्नेक्रम बढेको अवस्थामा हामीले कति छन् मन्दिरको नाममा जग्गा भनेर पत्ता लगाएर यो गोकुलेश्वर मन्दिरमा जमिन भेटाए पछि हामिले मन्दिर व्यवस्थापन समिति, वडा कार्यालय, बाँके जिल्ला फुटबल संघसँगको क्षलफलमा यस क्षेत्रमा फुटबल मैदान निर्माण गरेका छौँ ।

बालबालिकाको खेलकुदमा भविश्य अगाडि बढाउनका लागि, नेपालगन्ज उपमहानगरपालिका बाट दक्ष खेलाडि उत्पादन गर्नका लागि बालबालिकालाई खेल सिकाउने अवधारणा सहित यो मैदान निर्माण गरिएको हो ।

यस मैदानमा खस्ता खेल खेलाउने हो र कुन उमेरका खेलाडिले खेल्न पाउने हो ?
नितान्त रुपमा यो फुटबलका लागि प्रयोग हुन्छ र विशेष गरेर बालबालिकाका लागि भनेका छौँ । यो भनेको १२ वर्ष मुनिका र ८ वर्ष माथिका बालबालिकालाई खेलाउने भन्ने अवधारणा रहेको छ । यद्यपि ७/१३ वर्षका बालबालिकाले पनि सिक्न सक्छन । अर्को चाहाना भनेको नेपालगन्ज उपमहानगरपालिकालाई खेलकुद क्षेत्रमा अगाडि बढाउने हो ।

नेपालगन्ज पहिले देखिनै खेलकुद क्षेत्रमा परिचित नाम हो । तसर्थ हामीले खेलकुदमा बालबालिका बाटनै लगानि गरौँ भन्ने अवधारणालाई अगाडि सारेर नेपालगन्ज उपमहानगरपालिका भित्र सबै विद्यालयलाई हामी अब पत्राचार गर्दछौँ उहाँहरुसँग छलफल गर्दछौँ । इच्छुक बालबालिकालाई फुटबल खेलका लागि तयार गर्दछौँ । ति बालबालिकालाई हामिले प्रशिक्षण पनि गर्दछौँ ।

साथै यो फुटबल मात्र नभएर यस वडामा मन्दिरका नाममा थुप्रै जग्गाहरु रहेको छ । हामीले मन्दिर व्यवस्थापन समितिसँग छलफल, सहकार्यमा यहाँ व्यडमिन्टन, लङ टेनिस, भलिबल लगाएत थुप्रै खेलहरुका लागि पनि खेलकुल मैदान निर्माणको तयारी गर्दैै छौँ । हाम्रो कार्यकाल भित्र खेदकुद क्षेत्रलाई आकर्षक रुपमा अगाडि बढाएर बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि स्वस्थ बालबालिका, सक्षम बालबालिका, मानिसक रुपमा, भौतिक रुमा शारिरीक रुपमा एउटा सक्षम युवा उत्पादन होस भन्ने चाहनाले खेल मैदान निर्माण गरिएको हो । पहिले देखिनै खेलकुद क्षेत्रमा चिनिदै आएको नेपालगन्जलाई अझ बढावा दिन यस्ता खलकुदका कार्यक्रम गरिएको हो ।

वडा कार्यालयमा तपाईको जिम्मेवारी अझै चार वर्ष रहेको छ । यो समय अवधिमा अहिले निर्माण भएको यो खेलमैदान कस्तो मैदानमा देख्न पाइने छ र कस्ता खेलाडि उत्पादन हुने छ ?

एकदम यो फुटबल मैदान मिनि फुटबल रंगशालाका रुपमा अगाडि बढ्छ । यसमा विशेष गरेर फुटबलसँग सम्वन्धित प्रतियोगिताहरु र प्रशिक्षणहरु सञ्चालन गरिन्छन ।

यसको अवधारण कस्तो हो भन्दा हामी भैसको युवालाई खेलकुद खेलाउन सुरु गर्दछौँ । अन्य राष्ट्रहरुले के गर्दछ भन्दा बालबालिका बाट खेलकुद खेलाउन सुरु गर्दछ । त्यो बालबालिका खेल्दै-सिक्दै खेल्दै-सिक्दै गर्दछ र युवा हुँदा ति बालबालिका एउटा दक्ष खेलाडि  उत्पादन भइसकेको हुन्छ र राष्ट्रले खेलकुदमा आफ्नो नाम अगाडि बढाउन सक्छ । हो त्यस्तै हामिले पनि एउटा सक्षमा खेलाडि र राष्ट्रको नाम अगाडि बढाउन सक्ने खेलाडि उत्पादन गर्नका अब लाग्नु पर्ने भन्दै यस्तो अवधारणा बनाएका छौँ ।

यहाँ हाम्रो परम्परा कस्तो देखियो भन्दा युवा भएकालई मात्र प्रशिक्षण दिंदा दिदै प्रशिक्षणकै क्रममै बुढो हुने अथवा बुढा भएका खेलाडिलाई पनि खेलाइरहने / खेलाइरहने गर्दा नयाँ खेलाडि उत्पादन भएन तिनै खेलाडिलाई खालाइरहँदा हामीले खेलकुखद क्षेत्रमा फड्को मार्न सकेनौँ । खेलकुद क्षेत्रबाट हामीले आफ्नो राष्ट्रको पहिचान बनाउन सकेनौँ ।

तसर्थ बालबालिका बाट खेलकुद सिकाउन थालियो भने त्यस बालबालिका सक्षम, सवल र साष्ट्रको नाम राख्ने गरि आउने गर्दछ र खेलाडिले आफ्नो खेल क्षेत्रमा अगाडि बढ्न सक्ने भन्ने अवधारणाका साथ हामिले यस्तो योजना बनाएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *