चीनले निर्मान गर्यो विश्वकै लामो समुन्द्री पुल


काठमाडौँ । चीनले विश्वकै लामो समुन्द्री पुलको निर्माण गरेको छ। चिनियाँ सहर जुहाईको हुँदै मकाउ जोड्ने विश्वकै लामो यो पुल अक्टोबर २४ बाट खुल्ला हुने भएको हो। यस पुलको लम्बाई ५५ किलो मिटर लामो रहेको छ । यो पुल पर्ल रिवर एस्चुरीको लिङ्गदिङग्याङ्ग क्षेत्रमा निर्माण भएको छ। २० अर्ब डलर लागतमा यो पुल निर्माण भएको हो। चीनले ५५ किमी लामो समुद्री पुल बनाएर सारा विश्वलाई फेरि एकपटक चकित पारिदिएको छ।

यो पुलको निर्माणकार्य २००९ बाट सुरू भएको थियो। यो पुलमा एफिल टावरमा लागेको स्टील भन्दा ६० गुणा बढी स्टील खर्च भएको चीनका सरकारी संञ्चार माध्यमले बताएका छन्। यो पुल निर्माणको तयारीका लागि मात्र ६ वर्ष लागेको थियो।  पुल निर्माणका क्रममा ७ जना कामदारको मृत्यु भएको थियो भने १२० जना घाइते भएका थिए। विश्वको सबैभन्दा लामो यस पुलमा पैदल हिँड्न निषेध गरिएको छ। हङकङबाट चिनिया सहर जुहाई जान ३ घण्टा लाग्ने गर्छ। तर, पुल संञ्चालनमा आएपछि त्यो यात्रा जम्मा ३० मिनेटको हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *