दैलेखमा लगातार तीनपटकसम्म भूकम्पको धक्का


दैलेख । दैलेखको नारायण नगरपालिका-१० भवानीलाई केन्द्रबिन्दु बनाएर लगातार तीनपटकसम्म भूकम्प गएको छ। दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२:५३ जाँदा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

दैलेखको भवानी भन्ने स्थानलाई केन्द्र बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार पछि ३.५ रेक्टर स्केलको पराकम्पको पनि रेकर्ड भएको छ।

दैलेखबाट सुर्खेत नजिकै भएकाले भूकम्पको धक्का अनुभव बढी भएको बस्नेतले जानकारी दिए। भूकम्पको धक्का दैलेखका साथै सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ।

यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। लगातार भूकम्प गइरहेको र दैलेख केन्द्र भएकोले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ।

-Thaha khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *