एक साताभित्र निर्मलाको हत्यारालाई कार्वाही हुन्छ : गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कार्वाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी ने(कपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कार्वाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उनले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताए ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कार्वाही गर्न माग गरेका छन् । उनीहरुले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी माथिपनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा जनताको जीउधनको सुरक्षामा सिङ्गो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ । बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारवाही गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *