ट्राफिक प्रहरी विशेष सुरक्षा योजनामा, बस पार्कमा नागरिक सहायता कक्षा


बाँके । चाड पर्वको समयमा बस पार्कमा यात्रुहरुलाई ठगिन बाट बचाउनका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । बाँके जिल्लाबाट बाहिरिने र जिल्लामा आउने सवारी साधनमा यात्रुलाई सहजताका लागि नेपालगन्ज र कोहलपुर बसपार्कमा नागरिक सहायता कक्षको स्थापना गरिने भएको छ । नेपालगन्ज बसपार्कमा सहयाकता कक्ष स्थापना भईसकेको र कोहलपुरमा स्थापनाका लागि तयारी भइरहेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।

बस पार्कको भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी एवं अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकका प्रहरी परिचालन गरिने समेत निरीक्षक रोकायको भनाई छ । बसपार्क क्षेत्रमा यात्रुको जानकारीकालागि माईकिङ् गर्ने र जिङग्ल बजाउँने तयारी पनि भईरहेको छ ।

बस पार्कमा कसैले कानुन विपरित कार्य गरेमा कारबाही गरिने उनले बताए ।  ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष र टिकट काउन्टरहरुमा देखिने गरी भाडा दररेट राखेर अनिवार्य कार्यान्वय गर्ने यातायात समितिलाई आग्रह गरेको छ ।
दशै, तिहार र छठ पर्वका समयमा रातीको १० बजेपछि नेपालगन्ज, कोहलपुर लगायतका विभिन्न क्षेत्रमा जनपथ प्रहरीसँगको सहकार्यमा मापसेलगायतका चेकजाँच कडा रूपमा गरिने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *