संविधानलाई सफल बनाउन लाग्नु पर्छ : भार


बाँके । संविधान सभा सदस्य देवराज भारले संविधान दिवस सबै नेपालीले ह्रर्स, उत्लाहसका साथ मनाउन अनुरोध गरेका छन् । उनले संविधान आम नागरिक र जनसाधरणले निर्माण गरेकाले यसका विषमा बिमति राख्नुभन्दा यसलाई सफल बनाउन तर्फ लाग्नु पर्ने बताएका छन् ।

बाँके क्षेत्र नं. १ बाट संविधान सभाको सदस्यमा निर्वाचित भारले रेडियो हातेमालोसँग कुराकानी गर्दै संविधान जारी गर्ने अवसर प्राप्त भएको भन्दै संविधान गतिशिल बनाउनका र संवैधानिक अधिकारको उपयोग गर्नका लागि सबै नेपालीको अनिवार्य सहयोग हुनु पर्ने बताए ।

तीन तहको सरकार निर्माण भएर नागरिकको सेवामा लागेको र संविधान कार्यान्वयनको चरणमा रहेकाले कोहि कसैले विमति गर्नु भन्दा पनि सबैका सहयोगे हुनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *