स्थानीय तहले कर बढाएको छैन : अध्यक्ष वर्मा


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार वर्माले स्थानीय तहले कर नबढाएको बताएका छन् । कार्यक्रम मेरो वडा मै बनाउछुमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।

आफ्नो वडामा केहि विषको सिफारिस निःशुल्क दिने निर्णय गरेका अध्यक्ष वर्माले अहिले जनतामा स्थानीय तहले कर बढाएको हो भन्ने गलत प्रचार भएको बताएका छन् । एकीकृत करका विषयमा अहिले स्थानीय तहले बढाएको गुनासो आएको भन्दै उनले यस एकीकृत करमा सिडियोको नेतृत्वमा मालपोत कार्यालय, नापी, भुमिसुधार लगायतको समितिले जग्गाको मुुल्य अनुसार कर निर्धारण गरेको र त्यसै अनुसार स्थानीय तहले कर लिएको जानकारी दिए ।

उनले स्थानीय तह नहुँदा नगरपालिका र आन्तरीक राजस्व कार्यालयमा बुझाउनु पर्ने कर अहिले नगपालिकामा मात्र बुझाए पुग्ने बताउदै आन्तरीक राजस्व कार्यालयमा बुझाउनु पर्ने कर घटेको बताएका छन् । पहिले आन्तरीक राजस्व कार्यालयमा २ प्रतिशत र नगरपालिकामा १० प्रतिशत बझाउनुु पर्नेमा अहिले १० प्रतिशत मात्र बुझाउनु पर्ने र राजस्व कार्यालयको २ प्रतिशत कर घटेको बताए ।

एकीकृत कर केहि बढेको भन्दै यसलाई घटाउन आफ्नो क्षेत्रबाट पहले भएको र समाधान गर्नमा आफु लागि परेको उनले बताए ।

जनताले बुझाएको करबाट विकास हुन्छ
नेपाली नागरिक भए पछि देश विकास गर्ने जिम्मा नगरिकको पनि भएको भन्दै आम्दानी हुने क्षेत्रको कर बुझाउनु पर्ने अध्यक्ष बर्माले बताए । देश सञ्चालन गर्न करकोनै भर हुने हुँदा पारदर्शी रुपमा कर बुझाउन उनले नागरिकलाई आग्रह समेत गरेका छन् ।

सर्खेत रोडका व्यापारीको सहयोग हुनु पर्छ
वडा अध्यक्ष दिपककुमार वर्माले नेपालगन्जको सुर्खेत रोडका व्यापारीहरुले फोहोर व्यवस्थित गरेर सहयोग गर्न अनुरोध गरेका छन् । फोहोर फाल्नका लागि आफुहरुले त्यस क्षेत्रमा डष्टवीन राखेको जानकारी दिदै नपुगेको ठाउँमा डष्टवीन चाडै राख्ने जनाएका छन् ।
वडालाई सरसफाईयुक्त बनाउन व्यापारीको ठूलो भुमिका हुने भन्दै उनले थोरै फाहोर भएमा डष्टवीनमा राख्न र धेरै भए बोरामा राखेर व्यवस्थित गर्न अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *