जीप दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु


सल्यान । सल्यानमा सामान बोकेको जीप पल्टिँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको बागचौरबाट दाङका लागि छुटेको लु १ च ५६६४ नम्वरको जीप सोमबार बिहान सारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा पल्टँदा बागचौर नगरपालिका १० मोखला निवासी ६५ वर्षका बलबहादुर विक र उहाँकी ५५ वर्षिया श्रीमती हुकमी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार गाडी सडकदेखि करिब डेढ सय मिटर तल खसेको छ । हुकुमीको घटना स्थलमै मृत्यु भएको हो, भने घाइते बलबहादुरको जिल्ला अस्पताल सल्यानमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको हो । जीप चालक २२ बर्षिय कमल बिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धन सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *