खजुरामा बालसंरक्षण समिति गठन


बाँके । बाँकेको खजुरामा गाउँपालिका स्तरीय बालसंरक्षण समिति गठन गरिएको छ । खजुरा गाउँपालिकाकी उपप्रमुख एकमाया विकको संयोजकत्वमा समिति गठन गरिएको हो । वालबालिका संरक्षण परियोजना अन्तर्गत गाँउपालिका स्तरीय वालसंरक्षण समितिमा ८ वटै वडाका वडा अध्यक्ष, शिक्षा समितिबाट विश्वराज ढकाल, स्वास्थ्य समितिबाट लक्ष्मी केसी, गैर सरकारी संस्थाका तर्फबाट खर्कबहादुर पुन र नन्दा बिक, त्यसैगरी सामाजिक सुरक्षा शाखाबाट राजेन्द्र वर्मा, वाल क्लव संजालबाट दीक्षा न्यौपाने र दिग्विजय सिंह, इलाका प्रहरी कार्यालयका तर्फबाट प्रहरी निरीक्षक मख्खन प्रसाद यादव, गाँउपालिका योजनाबाट दिल बहादुर पौडेल, महिला वालबालिका तथा सामाजिक विकास शाखाबाट सुशिला न्यौपाने, संचार क्षेत्रबाट सहभागिता सहित २३ सदस्यीय समिति गठन गरिएको हो ।

खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले वालसंरक्षणका सवालमा स्थानीय समस्याहरु पहिचान गरी समाजमा जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले वालसंरक्षणमा परिवारको भूमिका महत्वपूर्ण हुने भन्दै नवगठित समितिले २०७६ भदौ २४ सम्म खजुरा गाँउपालिकामा वाल संरक्षणका विषयमा प्रत्यक्ष अनुभूत काम गर्ने विश्वास व्यक्त गरे ।

खजुरा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले दीगो विकासको जग नै वालबालिका भएकाले उनीहरुको शिक्षा, स्वास्थ्य र संरक्षण जस्ता नैसर्गिक अधिकारबाट वालबालिकालाई बञ्चित गर्न नहुने धारणा राखे । स्याक र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा खजुरा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल फिल्ड कार्यालय नेपालगन्जकी कमला राईले वालबालिकालाई भेदभाव, शोषण, दुब्र्यबहार, अपहेलना, यौन शोषण जस्ता कार्यहरु गर्न नपाईने कानूनमा उल्लेख भएकाले सबैले चासो दिनुपर्ने बताइन् । उनले सो अवसरमा बाल संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधान तथा महासन्धि र त्यसले प्रत्याभूत गरेका विषय बारे सहभागीलाई जानकारी दिइन ।

उनले शिक्षाको कमी भएका ठाउँमा विशेष महत्व दिनु पर्ने सुझाव दिँदै खजुरा गाउँपालिका अन्तरगत वडा नं. ५, ६, ७ र ८ मा बढी केन्द्रित हुनु पर्ने बताए । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले विद्यालयहरु स्थानीय सरकारप्रति जवाफदेही हुनु पर्ने भन्दै शैक्षिक गुणस्तर उकास्न योजनासहित खजुरा गाउँपालिका अगाडि बढिसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *