आयोगले काम गर्न सकेन : सांसद नमूना


बाँके । हरेक वर्ष अगष्ट ३० मा मनाइने ‘व्यक्ति बेपत्ता पार्ने विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस’ बाँके लगाएत नेपालभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालगन्जमा कृयाशिल विभिन्न संघसंस्थाको आयोजनामा बिहीबार भएको कार्यक्रममा प्रदेश पाँचकी सभासद कृष्णा केसी (नमूना)ले द्वन्द्वपीडितको छानविनकालागि बनेको आयोगले काम गर्न नसकेको आरोप लगाएकी छन् । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा सरकार र विद्रोही पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिनभित्र परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता १२ वर्ष बित्न लाग्दा पनि पूरा नभएकोप्रति उनले दुखेसो गरेकी छन् ।

छानविनकालागि खुलेको सत्य निरुपन तथा छानविन आयोगले सत्यतथ्य अझैसम्म पत्ता लगाउन नसकेको भन्दै आयोगलाई खारेज गरि नयाँ आयोगको गठन गर्नु पर्नेमा आफु रहेको समेत बताई ।  नमुनाले द्धन्द पिडितहरुका लागी गठित आयोगको काम सन्तोषजनाक नभएको भन्दै यस बिषयमा प्रदेश सभामा आवाज उठाई द्धन्द पीडित परिवारलाई न्याय दिलाउन लागि पर्ने बताइन ।  यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तबले द्धन्द पिडितका लागी सरकारले गरेको काममा आफु सन्तुष्ट हुन नसको बताए । सरकारले द्धन्द पिडितको डाटामा मात्र संकलन गरेको तर न्याय दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले बाँकेका द्धन्द पिडितकालागि आफु सधै साथमा रहेको भन्दै बाँकेमा रहेका आठ अटा स्थानीय निकायलाई यहि भदौ मसान्त सम्म बोलाएर द्धन्द पिडितका लागि के सेवा दिन सकिन्छ भनेर छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख प्रमोद रिजालले द्धन्द पिडितको सहयोगकालाई नगरले सहयोग गर्न तयार रहेको बताएका छन् । उनले विद्यालयको शुल्क, स्वास्थ्य उपचारमा छुट तथा नगरमा तीर्नु पर्ने करमा नगरले सहयोग गर्ने बताए ।  कार्यक्रममा सहभागि द्धन्द पीडितहरुले राज्यले केहि गर्न नसकेको भन्दै सरकारको काम प्रति असन्तुष्टि जनाएका छन् । अहिले आएर आफुहरुलाई गाँसबासको अभाब समेत भएको दुखेसो व्यक्त गरेका थिए ।
दिवस मनाउनेक्रमको शुरुआत सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगष्टका दिन मनाउने गरिएको छ । तत्कालीन समयमा ८५ प्रतिशत राज्य र १५ प्रतिशत विद्रोही पक्षबाट बेपत्ता पारिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *