शिक्षा पत्रकारीता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत


बाँके । नेपालपत्रकार महासंघ बाँकेमा स्थापना गरिएको ‘रामअधार कुर्मी र रामकुमारी कुर्मी शिक्षा पत्रकारिता पुरस्कार’ यस वर्ष बाँकेका दुई पत्रकारले प्राप्त गरेका छन ।
सञ्चारकर्मी माधवराम वर्माले आफ्नो आमा, बाबुको सम्मान स्वरुप स्थापना गरेको शिक्षा पत्रकारीता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ बाँकेले रेडियो प्रतिवोध एफ.एमका स्टेसन म्यानेजर हेमन्त बि.क र रेडियो सद्भावमा कार्यरत पत्रकार निशु जोसीलाई दिएको छ ।


पत्रकारीताको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै बाँकेमा क्रियासिल दुई पत्रकारलाई नेपालपत्रकार महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेतले वितरण गरेका थिए । उनले पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्र्दै समाज परिवर्तणमा पत्रकारीताको पनि ठूला महत्व हुने बताए ।

पत्रकार महासंघ बाँकेशाखाका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षमा भएको पुरस्कार वितरण कार्यक्रममा कार्यक्रममा पुरस्कार छानौट समितीका संयोजक पुर्णलाल चुके, सदस्य निरज गौतम, नेपाल पत्रकार महासंघका पुर्ब सभापति प्रेम के.सी, पूर्व अध्यक्ष झलक गैर लगायत पत्रकारको उपस्थिति रहेको थियो । पुरस्कार स्वरुप ५/५ हजार नगतसँगै प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


सम्मान ग्रहन गर्दै पत्रकार निशु जोसीले आफुले पहिले पटक कलम चलाएर सम्मानित र पुरस्कृत भएको भन्दै खुसी व्यक्त गरेकी थिइन । साथै उनले शिक्षा क्षेत्रमा गरेको सानो कामको मुल्यांकन भएको भन्दै पुरस्कार स्थापना गर्ने, पुरस्कार छनोट तथा वितरण गर्ने सबै प्रति आभार प्रकट गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *