श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन

बाँके ।  आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ । २०७५ भाद्र ९ गते दिउँसो २ बजेर २८ मिनेट बाट पूर्णिमा सुरु भएर १०गते बेलुकी ४ बजेर १४ मिनेट सम्म रहने गर्दछ ।

सत्य यूगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो त्यसैगरि आजपनि दानवी शक्तिबाट रक्षित हुँन वा हामि आफ्नो मन बिचलित नहोस,सधै सत्कर्ममा मन गईरहोस,बिधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाध्ने गर्दछौ । आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाधिदिनाले मृत्यु पस्चात वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेकोछ ।

परम्मपरा र हिन्दु सक्कार अनुशार कुनै पनि चाडबाड तिथिले दुई दिन परेमा पछिल्लो दिनमा मनाईने प्रचलन रहेकोले १० गते आईतबार रक्षा बन्धन मनाईन लागिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *