खोला तर्दा एक जनाको बगेर मृत्यु

डोटी । डोटीको जोरायल गाउँपालिका ५ चौकीमा रहेको गड्सेरी गाड तर्ने क्रममा बगेर एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार खोला तर्दा बगेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका ५ खतेडाका ५५ वर्षीय मानबहादुर आउजी ९मार्हजन० रहेका छन् ।

जोरायल गाउँपालिकाको कार्यालयबाट आफनो घर खतेडा जाने क्रममा खोला तर्दा बगेर उहाँको ज्यान गएको हो ।

-Ujyaaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *