पहिरोले दुई घर बगायो, भेरी नदीको पुल जोखिममा


जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१२ ठूलाबगरमा मंगलबार बिहान पहिराले दुई घर पुरिएको छ । स्थानीयवासी भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पूर्णरुपमा पुरिएको वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच स्थानीयवासीका घर पनि जोखिममा परेका छन् । घरदेखि माथि भीरको पहिराले स्थानीयवासीका घर पुर्नाका साथै जोखिममा पारेको नेकपा जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिए ।

पहिराले रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा परेको छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने सो पुल जोखिममा परेसँगै समस्या उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

जाजरकोट र रुकुमबाट डोल्पा जाने मुख्य पुल नै जोखिममा परेपछि समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *