महिना नबित्दै अस्पतालमा हाजिरी गरी नेपालगन्ज आएपछि डा. कार्बाहीमा

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर पूर्णिमा राईले महिना बित्नु अगावै हाजिर गरेर बाहिर गए पछि स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्के अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ हाजिर कापीमा साउनभरिको हाजिर जनाई नेनेपालगन्ज आएको पाइएकाले उनलाई स्वास्थ्य सेवा ऐनअनुसार कारबाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए।

उहाँले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प भएको छ । दुई वर्षअघि नै १५ श्ययाबाट ५० श्ययामा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन ।-Ujaaloonline

Leave a Reply

Your email address will not be published.