कर्णाली प्रदेशका कानुनमन्त्री भण्डारी पहिरोबाट प्रभावित परिवालाई राहत वितरणकालागि जाजरकोट


सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली राहत सामग्रीसहित जाजरकोट गएको छ। पहिरोमा परी ८ जनाको मृत्यु र एक जना बेपत्ता भएपछि मन्त्रीको टोली प्रभावित क्षेत्र जाजरकोट गएको हो। आइतबार जाजरकोटमा पहिरो जाँदा आठ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्। प्रभावित क्षेत्र भेरी नगरपालिका(३ जाजरकोट पुगेर सोमबार नै प्रतिपरिवार २५ हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरिने मन्त्री भण्डारीले जानकारी दिए।

त्यसका साथै जोखिम स्थलको अनुगमन गरी त्यस क्षेत्रका घरपरिवारलाई पनि वैकल्पिक व्यवस्था मिलाइने कानुनमन्त्री भण्डारीले जानकारी दिए। मन्त्री भण्डारीसहित जाजरकोटबाट निर्वा्चित प्रदेशसभा सदस्यहरू गणेशप्रसाद सिंह,कृष्णा शाह र कौशिलावती खत्री पनि प्रभावित क्षेत्रमा गएका छन् । यसैबीच जाजरकोटमा पहिरोमा परी ८ जनाको मृत्यु भएको घटनाप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गहिरो दुःख व्यक्त गरेका छन्। शाहीले वेपत्ता नागरिकको खोजी कार्यलाई तीव्र बनाउन, उद्धार तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी वनाउन समेत सम्वन्धित मातहतका निकायलाई निर्देशन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *