वन उपभोक्ता महासंघको अध्यक्षमा अधिकारी


बाँके । सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश पाँचको अध्यक्षमा बसन्ती अधिकारी निर्वाचित भएकी छन् । महासंघको शनिबार भएको प्रदेश पाँचको अधिवेसनबाट अधिकारी अध्यक्षमा निर्वाचित भएकी हुन । लामो समय सामुदायिक बन व्यवस्थापन तथा संरक्षणमा योगदान दिएकी अधिकारी वन व्यवस्थापन तथा सामुदायिक वनको उपयोगिताका बारेमा दखल प्राप्त व्यक्ति हुन । अध्यक्ष अधिकारी सामाजिक सेवा मात्र होइन राजनीति क्षेत्रमा पनि सफल नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।

बाँकेको कोहलपुर क्षेत्रमा रहेर वन व्यवस्थापन तथा सामाजिक कार्यमा लाग्ने अग्रनी व्यक्तित्व हुन । उनि लामो समय त्यस क्षेत्रको सामुदायिक वन मात्र होइन राजनीतिक सचेतनाका लागि अग्र भागमा रहने महिलामा गणानमा पर्दछिन् ।  अध्यक्ष बसन्ति अधिकारीको नेतृत्वमा स्थानीय वन व्यवस्थापनमा उल्लेख्य योगदान गरे वाफत उनलाई धेरै पटक पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *