घुम्मर घुम्मर कम्मर हिलादेउ गीतको अडियो सार्वजनिक


बाँके । थारु गीत घुम्मर घुम्मर कम्मर हिलादेउ कमरिया बोलको अडियो गीत सार्वजनिक भएको छ । थारु गायक विश्व सागर परियार र गायीका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर कम्मर हिलादेउ बोलको अडियो गीत शुक्रवार सार्वजनिक भएको हो । गीतको शव्द सुखलाल थारुले गर्नुभएको छ भने संगीत मनोज बधानले गर्नुभएको छ यस्तै गीतको एरेन्ज पुष्कर खत्रीले गरेका छन् । टिकापुर कैलालीको रियाज रेकडिङ स्टुडियोबाट गीत रेकडिङ भएको गायक विश्व सागर परियारले जानकारी दिए ।

 


घुम्मर घुम्मर कम्मर हिलादेउ बोलको गीतमा थारु मोडल राजकुमार चौधरी र दाङकी थारु मोडेल अपेक्षा कुशुम्याले मोडलिङ गर्ने पक्का भएको गायक परियारले जानकारी दिए । थारु मोडल राजकुमार पछिल्लो समयमा निरन्तर थारु म्युजिक भिडियोमा मोडलको रुपमा भुमिका निभाउदै आएका छन् । मोडल राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया, आगे आगे मोरट बाईक पाछे पाछे मोटरकार र मिनी स्कटवाली छैली पलटके हेरो बोलको गितमा मुख्य भुमिका निभाई सकेका छन् ।

मोडल राजकुमारले अव तुलसीपुर नगरपालिका १२ कचीलाका अपेक्षा कुशुम्यासंग चौथो म्युजिक भिडियोमा खेल्ने पक्का भएको जनाइएको छ । मोडेल कुशुम्याले भने एक वटा नेपाली गीतमा मोडेलको भुमिका निभाएकी छन् । गीतको सुटिङ बर्दिया र कैलालीको थारु गाउँमा हुने गायक परियारले बताएका छन् । घुम्मर घुम्मर बोलको गीत आरकेसी स्टुडियो कोहलपुर पिपरीको युट्युवबाट सार्वजनिक भएको हो ।                                     -भगतराम थारु, नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *