आइतबार देशभर सामान्यता बदली हुने

काठमाडौँ। देशभरको मौसम आइतबार सामान्यता बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद मञ्जु बासीले बताएकी छन् ।

पूर्वदेखि पश्चिमसम्म हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उनले बताइन् । केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले बताइन् । सोमबार झन मौसमी गतिविधि बढ्ने भएकाले देशभर नै पानी पर्ने देखिएको छ ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तथा खोला किनार, तटीय क्षेत्रका तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *