कर्णाली प्रदेश सरकारले कटाैती गर्‍यो बैठक भत्ता

बाँके । कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कार्यक्रममा भत्ता नदिने निर्णय गरेको गरेको छ। शनिवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। बैठकले मन्त्रिपरिषद्का सदस्य गैरसरकारी संस्थाले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी भएवापत प्राप्त हुने भत्ता पनि नलिने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन्।

बैठकले कर्णाली प्रदेशका हरेक मन्त्रालयले आफ्नो खर्चका विवरण महिना समाप्त भएको तीन दिनभित्र वेबसाइटमा सार्वजनिक गर्ने, औचित्यताको आधारमा मुख्यमन्त्रीसँग स्वीकृति लिएर मात्रै मन्त्रीहरूले भ्रमण गर्ने निर्णय पनि गरेको छ। यसैगरी सरकारले गर्ने कुनै पनि कार्यक्रमका लागि सम्भव भएसम्म सरकारी हल प्रयोग गर्ने, सरकारी खर्चलाई पारदर्शी तथा मितव्ययी बनाउन खर्च मापदण्ड निर्दे्शिका कडाइपूर्वक लागु गर्ने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिइन्।

बैठकले अन्तरराष्ट्रिय धावक जुम्लाका हरि रोकायको उपचारमा सहयो.गस्वररूप एक लाख सहयोग उपलब्ध गराउने, बैठकले उच्चस्तरिय कर्णाली प्रदेश बाढी पहिरो समस्या समधान समिति गठन आदेश २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता केसीले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *