लागूऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मेजर पक्राउ

बाँके । बाँके प्रहरीले नेपाली सेनाका मेजर सहित दुई जनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । शनिबार साँझ नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही र रिम बहादुर पौडेललाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजना सँग ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका इन्सपेक्टर रणबहादुर विष्टले बताएका छन् । उनका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएको जनाइएको छ ।

शाही मेजर हुन भन्ने कुनै परिचय खुल्ने कागज पत्र भने नभेटिएको र दुबै जनाको अनुशन्धान भइरहेको इन्सपेक्टर विष्टको भनाइरहेको छ । शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र कोहलपुरको विशेष टोलीले छापा मारेको थियो । उनीहरु दुवै जनालाई बाँके प्रहरीको हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *