जानकी गाउँपालिकाद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाँके । बाँकेको जानकी गाउँपालिकाले आमनागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरेको छ।
गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य संस्थामा आमनागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो । आईतवार वडा नं. ३ इन्द्रपुरको रम्वापुरस्थित उपस्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको छ । आईतवारमात्रै तीनसय बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गरेको खजुराखुर्द उपस्वास्थ्य चौकीका इन्चार्ज प्रकाश गौतमले जानकारी दिए । शिविरमा हाडजोर्नी, छाला, कान तथा पेटका विरामी धेरै देखिएको बताईएको छ । डा. सन्तोष श्रीपाईली, डा नितु बस्नेत सहित एकदर्जन स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य सेवा प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक गिरबहादुर गुरु·ले जानकारी दिए ।

शिविर शुभारम्भ समारोहमा गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरी, वडाध्यक्ष विन्देश्वरी बर्मा, कार्यपालिका सदस्य टिकाराम सुनार, राजकुमार धोवी, धर्मा थापा लगायतको उपस्थिति रहेको थियो ।
यसअघि जानकी गाउँपालिका वडा नंं.१ साईगाउँ र वडा नं. २ बेलभारमा शिविर भईसकेको छ । सोमवार वडा नं. ४ खजुराखुद्र्ध, मंगलवार वडा नं. ५ बेलहरी र वुधवार वडा नं. ६ गनापुरमा हुने गाउँपालिकाले जनाएको छ ।

यसैबीच जानकी गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोगमा खजुराखुद्र्ध उपस्वास्थ्य चौकीले जेष्ठ नागरिकका लागि आँखा कान जाँच तथा उपचार शिविर सम्पन्न गरेको छ । गत बुधवार सम्पन्न शिविरमा कानका ७४, श्रवण शक्ति कम्जोर भएका १२, आँखाका् मातियाविन्दु समस्या भएका १९, आँखाका विरामी ७६ गरी जम्मा १ सय ४८ जनाले सेवा लिएको स्वास्थ्य चौकी इन्चार्ज प्रकाश गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *