डुडुवा गाउँपालिका ५ वडामा घुम्ती सेवा सम्पन्न


बाँके । बाँकेको डुडुवा गाउँपालिकाले गाउँ घरमा सेवा पुर्याउने उद्देश्यले घुम्ती सेवा संचालन गरेको छ । गाउँपालिकाको प्रथम गाउँसभाबाट पारित गाउँमा पुगेर घुम्ती सेवा संचालन गर्ने निति अनुसार वडा नंं ५ एक हप्ते घुम्ती सेवा शुक्रबार सकिएको छ ।  ५ नं. वडा कार्यालय अन्र्तगत ३ वटा स्थानमा संचालन गरिएको घुम्ती सेवामा व्यक्तीगत घटनादर्ता, मालपोत कर असुली, नागरिकता लगायत विभिन्न सिफारिस, जन्म, विवाह, मृत्यु, बसाई सराई लगायतका सेवाबाट २ सय बढीले सेवा लिएका छन् । एक हप्ता जबदहवा, छग्रहवा, पदमपुर गाउँमा घुम्ती सेवा मार्फत सेवा प्रवाह गरिएको वडा सचिव सुर्यप्रसाद लम्सालले बताए ।

स्थानीयको घरदेलौमै पुगेर सेवा उपलब्ध गराउने गाउँपालिकाको निति अनुरुप यो सेवा शुरु गरिएको वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए । उनले अहिलेसम्मको यो पहिलो पटक भएकाले अब हामी जनप्रतिनिधीहरु यो सेवालाई नियमित रुपमा संचालन गर्ने भन्दै यस सेवामा बृद्धि तथा प्रभावकारितामा जोड दिए ।
वडासचिव लम्सालसहित ४ जना कर्मचारी र वडाध्यक्ष बुढाथोकी र वडासदस्य झुठठु थारुको समुहले सेवा प्रवाह गरेको हो छ । गाउँपालिकाको सेवाको प्रभावकारिता तथा गुणस्तरियता बढाउनका लागि प्रथम गाउँसभाबाट नागरिकका घरमा पुगेर सेवा उपलब्ध गराउने निति अन्र्तगत यस्तो अभियान ल्याएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार यो सेवाले नागरिकलाई सहजता तथा कार्यको नियमितता र प्रभावकारिता बढनेछ । गाउँपालिकाले वार्षिक निति अनुसार बर्षमा दुई पटक घुम्ती सेवा संचालन गर्ने नितिमा उल्लेख गरेको थियो । सोही बमोजिम सेवाको शुरुवात गरिएको हो । गाउपालिकाका अन्य वडाहरुमा पनि केहीदिन भित्र यो अभियान शुरु हुने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *