तमुगुरुङ समुदाय मातृभाष जोगाउने अभियानमा


बाँके । पछिल्लो समयमा युवा समुदायमा आफ्नो मातृ भाषा हराउदै गएकोमा अगुवाहरुले चिन्ता प्रकट गरेका छन् ।
तमु्गुरुङ्ग समुदायमा बोलिने मातृभाषा नयाँ पुस्ताले बोल्न नजानेको भन्दै तमु्गुरुङ्ग समुदायका अगुवाहरुले आफ्नो भाषाप्रति चिन्ता प्रकट गरेका छन् । नयाँ पुस्ता माझ कसरी मातृभाषा पु¥याउने भन्ने बिषयमा उनीहरु बहस र छलफल चलाउने गरेका छन् ।
तमु हेयुल छोज धी (गुरुङ्ग राष्ट्रिय परिषद) जिल्ला कार्यसमिति बाँकेका सचिव गजेन्द्र गुरुङ्गले नयाँ पुस्तालाई मातृ भाषा कसरी सिकाउने भन्ने बिषयमा पुरानो पुस्ता चिन्तित भएको बताए । उनले सरकारी निकायहरुसँग समेत मिलेर मातृभाषा जोगाउने अभियान सञ्चालन गरिन लागेको जानकारी दिए ।
तमु्गुरुङ्ग समुदायमा बोलिने मातृभाषा जेगर्ना गर्नका लागि बिहीवारबाट नेपालगन्जमा मातृभाषा सम्बन्धी दश दिने प्रशिक्षण सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र तमु हेयुल छोज धी (गुरुङ्ग राष्ट्रिय परिषद) जिल्ला कार्यसमितिको संयोजनमा तालिम सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले तालिमको उद्धाटन गरेकी हुन । कार्यक्रममा जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापा, परिषद्का अध्यक्ष युगबहादुर गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *