एक महिने कुशन र गुडीया बनाउने तालिम सम्पन्न

बाँके । खजुरा गाँउपालिका ३ नं. वडामा सञ्चालित एक महिने कुशन र गुडीया बनाउने तालिम शुक्रवार सम्पन्न भएको छ ।
खजुरा गाँउपालिका वडा नं. ३ को सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो तालिम सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि खजुरा गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफुले सिकेको शिपलाई ब्यवसायिक रुपमा लागु गर्ने ब्यक्तिहरुका लागि गाँउपालिकाले सहयोगका थप कार्यक्रम संचालन गर्ने बताए।
गाँउपालिकाले लक्षित बर्गका कार्यक्रमहरुकालागि सबै वडाहरुमा बजेट विनियोजन गरेको भन्दै बेरोजगारलाई रोजगार सिर्जना गर्न कार्यक्रमहरु फलदायि बन्ने बिश्वास ब्यक्त गरे । तालिमबाट सिकेको कुरालाई ब्यवसायिक रुपमा लागु गर्न सबै सहभागिहरुलाई उनले जोड दिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कान्तुराम गौतमले सिकेको शिपलाई ब्यवहारमा उतार्न सबैलाई अनुरोध गरे । ब्यवसायीहरुलाई उत्प्रेरणा दिने खालका थप कार्यक्रमहरु आगामी दिनमा वडाबाट विनीयोजन गर्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा बासका अध्यक्ष मन भण्डारीले मन्तब्य ब्यक्त गरेका थिए । कुशन र गुडीया बनाउने तालिमले ब्यवसायिक बन्न सहज बनाएको सहभागिहरुको भनाई थियो ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको तालिममा अनिता न्यौपाने र धन माया पुनले प्रशिक्षण गरेका थिए । वडाका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको तालिमको समापन वडा अध्यक्ष कान्तुराम गौतमले गरेका थिए । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *