कर्णाली प्रदेशसभाको अधिवेसन सुरु


सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो अबिधेसन आज देखि सुरु भएको छ । प्रदेश सरकारको प्रस्तावमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबारदेखि अधिवेसन आव्हान गरेका थिए । दोस्रो अधिबेशनको पहिलो बैठक केही समयको छलफलपछि सकिएको छ ।
बैठकमा प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले सामाजिक संघसंस्था सम्बन्धी ब्यवस्थापन गर्न बनेको बिधेयक २०७५ संसदमा टेवलका लागि पेस गरेका छन् ।
प्रदेश सरकारका आन्तरिक ममिला तथा कानून मन्त्री नरेश भन्डारीले कर्णाली प्रदेश सरकारको सार्वजनिक लिखत सम्बन्धी बिधेयक २०७५ र नगर तथा गाउँसभाको कानून निमार्ण प्रक्रिया सम्बन्धी बिधेयक २०७५ को मस्यौदा संसदमा पेस गरेका छन् ।
शुक्रबारको संसद बैठकले संसद सचिवालय ब्यवस्थापन गठन र क्षमता अभिबृद्धि सम्बन्धी प्रस्ताव एक मतले पास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *